साहुको कुन्तुरमा पैसाको ठेली
वर्षको नाफा बराबर छ उसको निम्ति
वर्षको नाफा र वर्षको ज्याला
सराबर छ लोभि शोषकको आँखामा
फुटा छ फुटा छ ढुंगाको थुप्रो
खोजेर सकिन्न बचाउन एक सुको
थुम्चे भरि बालुवा छ लेबरको काँधमा
भ्रमले फसेको छ दलालको जालमा
ऋणको भार छ ब्याजको मार
ऋणको भार छ ब्याजको मार
पुँजी नै ठुलो पुँजीपतिको हतियार
क्रान्तिको नेतालाई पैसाले किन्छ
विद्रोहको डरले युनियन फुटाउछ
कोकाकोलाको रसले लोभ्याउन खोज्छ
आर्थिक साधनले दमन गर्छ ।
सहिदको सपनामा पुलिसको लात्ता
अमेरिकाद्वारा योद्धाको हत्या
शोषण र दमनमा अडेको सत्ता
रहेर रहिन्न क्रान्तिको हातमा ।